हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन

नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।  मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो। यसअघि नेपालले २ वर्षअघि भएको प्रतियोगिताको पनि उपाधि जितेको थियो।  हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो।  नेपालका ओपनर रित गौतम १३ रन […]

व्यापार युद्ध चीन–अमेरिकाबीच, ग्लोबल कम्पनी भारत भित्राउने छिमेकी दाउ

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्धले वर्ष दिन नाघिसकेको छ । चिनियाँ कम्पनी हुवावेका बारेमा अमेरिकाले विभिन्न अड्कल लगाउँदै त्यसमाथि प्रतिबन्धको घोषणा नै गरिदियो । चीनले भने यसलाई अमेरिकाको व्यापारिक असमझदारी बताउँदै आएको छ । एकातिर प्रतिबन्ध छ भने अर्कोतिर यी दुई देशबीच अल्झिएको व्यापारलाई सुल्झाउने नाममा छलफल पनि चलिरहेको छ ।  हालै जापानमा […]

टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । पारस खड्काको कप्तानीमा सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ  । आइतबार पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएका छन् ।  सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको […]

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।  कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए भोलिसम्ममा […]