काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भुकम्पको धक्का महसुस

चैत्र ४, काठमाडौं : काठमाडौं आसपासका स्थानमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर १ मिनेटमा जाँदा गएको भूकम्पको केन्द्रबिन्दु मकवानपुर नै भएको भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार भूकम्प ४.१  रेक्टर स्केलको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यका , मकवानपुरसँगै आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।

लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको सम्झन लायक र प्रशंसनीय योगदानको चर्चा

चैत्र ३, काठमाडौं : लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको दोस्रो स्थापना दिवस तथा सम्मान समारोहमा डिष्ट्रिक गभर्नर असोक कुमार श्रेष्ठले लर्ड बुद्धले छाटो समयमा स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा गरेको कृयाकलाप उत्कृष्ट भएको बताएका थिए । समारोहकै क्रममा नेपाल कम्युनिस्ट पार्टी का वरिष्ठ नेता माधव कुमार नेपालले लायन्स क्लबले विपत्तिका बेला मुलुकलाई पुर्‍याएको योगदान […]

बैकं तथा वित्तिय संस्थाहरूको निक्षेपमा बृदि

चैत्र ३ , काठमाण्डौ ः अघिल्लो वर्षको भन्दा पछिल्ले समयमा बैंकहरुको निक्षेप २१ प्रतिशतले बढके छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१.३ प्रतिशतले बढेको छ । यो आवधिको बैंक तथा वित्तीय […]

चालु आर्थिक वर्ष ७ महिनाको शेयर बजार, कति गुमायत लगानिकर्ताले

चैत्र ३, काठमाण्डौ ः गत बर्ष सेयर कारोबार मापक नेप्से परिसूचक २ सय ५२ अंकले घटेको छ । २०७५ असार मसान्तमा नेप्से सूचकांक १२१२.४ बिन्दु कायम भएको थियो । भने २०७४ माघ मसान्तमा १ हजार ३ सय ८०.३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८.३ प्रतिशतले ह्रास आई २०७५ माघ मसान्तमा ११२८.२ बिन्दुमा पुगेको […]