उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

२४ पुस : उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको […]

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

२४ पुस ः पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो ।  पढाइसँंगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन् । गत शैक्षिक सत्रमा […]

छोरी जन्मिदा प्रोत्साहन स्वरुप भत्ता कार्यक्रम

पुस  २४ काठ्माण्डौ : गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक नांया  अभियान चलाएको छ ।  विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरेको थियो  । हिजो महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको […]

प्राविधिक सहायकको भरमा वडा कार्यालय

२४ पुस : स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ ।  जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा […]