१८ पुस : चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिनुभयो । चीनसँग ताइवान पुनः एकीकरण भएपनि चीनले लोकतान्त्रिक ताइवान होस् भन्ने चाहेको राष्ट्रपति सीले स्पष्ट […]
काठमाडौँ, १८ पुस ः शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानन्यायाधीश राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो । मिश्रको […]
काठमाडौँ, १८ पुस ः नेपाल सरकारले कम्तीमा स्नातक तह उत्र्तिण गरी बेरोजगार भई बसेका युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले शिक्षित युवा स्वरोजगार कर्जा योजना ल्याएको छ ।सामान्यतः ऋणको साढे ३ देखि ९ प्रतिशतसम्म ऋणको व्याज तिर्नुपर्ने गरि ७ लाख रुपैयाँसम्मको ऋण दिने व्यवस्था गरिएको छ । यस कर्जा योजनाबाट ऋण लिनेको ५ प्रतिशत […]
काठमाडौँ, १८ पुस ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ […]