२३ मङ्सिर : कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् […]
काठ्माण्डौ, २३ मंसिर : मिस नेपाल शृङ्खला खतिवडाले मिस वल्ड्र २०१८ मा नेपालबाट सहभागि हुन् । मिस वल्ड्र २०१८ चीनको सान्यामा आयोजित अन्तिम १२ सम्म पुग्न सफल भएकी छन् । सान्या सहरमा पछिल्लो वर्षको विजेता मनाशी चाहिलर द्धारा ६८ औं मिस वर्ल्ड को रूपमा कायम गरियो ।
२३ मङ्सिर : जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको उहाँले बताउनुभयो […]
काठ्माण्डौ, २३ मंसिर : हाल बईको आवुधावी, कुवेत, भारतको मुम्बईमा शाखा कार्यालय सञ्चालनमा रहेको कतारको दोहा बैंकले काठमाडौंको थापाथलीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय मात्रै भएकाले प्रत्यक्ष रुपमा आर्थिक कारोबार भने नहुने बताईएको छ । नेपालका विभिन्न वाणिज्य बैंकहरुसँग यस कार्यालयले व्यवस्थापकीय सम्वन्ध विस्तार गर्ने र यहाँका बैंकहरुलाई दोहा […]