चट्याङले प्रहरी सहायक निरिक्षककाे मृत्यु

झापा – झापामा चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधमा कार्यरत ४७ वर्षीय महादेव ठाकुर  रहेको झापा प्रहरीले जनाएको छ। उनी सो चौकीका प्रमुखसमेत हुन्। राति १० बजेतिर साइकलमा गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। […]

४५ जिल्लामा लगाइयाे निषेधाज्ञा जिल्लाकाे लिस्ट सहित

काठमाडाै – दोस्रो लहरको कोरोना संक्रमण फैलँदै गएपछि सरकारले निषेधाज्ञा लगाउन सुरु गरेको छ। गृहमन्त्रालयका  अनुसार सोमबार साँझ सम्ममा ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको छ। संक्रमण बढ्दै गएपछि सरकारले नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा पनि निषेधाज्ञा जारी गरेको छ।  हेर्नुहोस् कुन जिल्लामा निषेधाज्ञा

साेलार पड्किँदा दुइ घर जले

सल्यान – सल्यानमा सोलारको ब्याट्री पड्किदा दुई घर जलेर नष्ट भएका छन्। जिल्लाको दार्मा गाउँपालिका–३ मगरखोलाका चन्द्र बहादुर रोकाहा र दुर्गा बहादुर रोकाहाको घर जलेर नष्ट भएको हो।  सोमबार बिहान ११ बजेतिर चन्द्र बहादुरको घरमा रहेको सोलारको ब्याट्री पड्किएको इलाका प्रहरी कार्यालय दार्माले जनाएको छ। आगलागीबाट दुवै घर तथा घरमा रहेको खाद्यान्न, लुगाकपडा, नगद, गरगहना […]

अाजमात्र ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

काठमाडाै – नेपालमा हरेक दिन रेकर्ड संख्यामा कोरोना संक्रमित भेटिरहेका छ । आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]