ट्रिपर दुर्घटनामा एकको मृत्यु,चार घाइते

१५ चैत, पाल्पा  । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् । बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका– २ देउराली बस्ने वर्ष १७ का देवेन्द्र लम्तरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने धुर्मुसको घोषणा

१५ चैत, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको […]

हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन

१५ चैत, हेटौंडा । प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने प्रस्तावको बिरुद्ध हेटाैंडामा बिहीबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको अगुवाइमा विद्यार्थीले हेटौडालाई नै स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका हुन् । बुधवार प्रदेशसभा सचिवालयमा काभ्रेलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता भएपछि हेटौंडामा आन्दोलन शुरु भएको हो । एमाले सांसद […]

दशैं विदा ३ दिन घट्यो, कुन-कुन सार्वजनिक विदा काटिए ?

१५ चैत, काठमाडौं । हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस कायम भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा […]