काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।
काठमाडाै – विगत केही साता ओरालो लागेको नेप्से परिसूचक, यस साता भने उकालो लागेको छ। गत साताको अन्तिम कारोबार दिन २५४८.४८ विन्दुमा बन्द भएको नेप्से, यस साता १६.६१ अंक अर्थात ०.६८ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस साता सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ। समीक्षा अवधिमा यो इण्डेक्स १.०८ अंक घटेर ४४४.१५ विन्दुमा पुगेको […]
काठमाडाै – कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधि गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालय मध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधि गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधि गर्ने शाही पहिलो बनेका छन् । टोकियो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको […]
पोखरा- विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो । रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको […]