काठमाण्डौ –नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आजबाट सुरु हुँदैछ । आइतबार काठमाण्डुमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको हाे । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । प्रवक्ता कृष्ण […]
काठमाण्डौ – विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट […]
काठमाण्डौ – विवेकशील साझा पार्टी फुटको लयमा अघि बढेको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका संयोजक मिलन पाण्डेलाई निष्कासन गरेसंगै फुटको संघारमा पुगेको जनाइएको छ । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न […]
काठमाण्डौ – साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पाँच सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज दुई सय २७ कम्पनीकोे ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल चार अर्ब ५४ करोड […]