छापिएका ७० हजार डिजिटल लाइसेन्स बाँड्न बाँकी, दुई तीन वर्ष पहिले छापिएको पनि लिन आएनन्

२६ मंसिर, काठमाडौं। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ। पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ। कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए। विभागले गत वर्ष ठूलो क्षमताको […]

के कोरोना निको भइसकेकाले पनि खोप लगाउनु पर्छ?

२३ मंसिर, काठमाडौं । मानौं, तपाईंलाई कोरोना संक्रमण भइसकेको छ। अब पनि तपाईंलाई खोप जरूरत पर्छ? विज्ञहरू के भन्छन्? गत महिना खोप निर्माणमा तल्लीन दुई कम्पनीहरू ‘फाइजर’ र ‘मोडेर्ना’ का कोरोनाविरूद्धका खोपले सफलता प्राप्त गरेको समाचारसँगै तहल्का मच्चिरहेको थियो। त्यतिबेलै अमेरिकी सांसद र्‍याण्ड पलले एउटा विचारोत्तेजक ट्वीट गर्दै धेरैको ध्यान त्यसतर्फ आकर्षित गरे। ‘यी दुवै नयाँ खोपहरूले आफूलाई ९० […]

सिद्धबाबाको सफाइ प्रक्रियामै त्रुटि, प्रधानन्यायाधीशसमक्ष पुगिन् पीडित

२४ मंसिर, काठमाडौं । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामू पुगेकी छन् । आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेकी हुन् । आफ्ना श्रीमानलाई लिएर सर्वोच्च अदालत पुगेकी उनले प्रधानन्यायाधीशलाई भेट गर्न नपाएपछि उनको सचिवालयमा गुनासो सुनाएर फर्केको स्रोतले जानकारी दिएको छ […]

नेकपामा नयाँ सहमति, तर कस्तो ?

२३ मंसिर, काठमाडौं । आन्तरिक संकटबाट गुज्रिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठकबाट एक साताको मौन अवधि शुरु भएको छ । मौन अवधिको पहिलो दिन सोमबार पार्टी गतिविधि लगभग शुन्य रह्यो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गरेको स्थायी कमिटी बैठकले […]