राजा वीरेन्द्रको निजी निवास आइतबारबाट अवलोकन गर्न पाइने

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण […]

छठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् । छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले […]

ह्याम्स र स्टार अस्पतालले विदेश जानेलाई नक्कली पिसिआर रिपोर्ट दिएपछि छानविन सुरू नेपाल एयरलाइन्स हङकङ्ग र युएइमा प्रतिबन्ध

मंसिर ४,  काठमाडौं । काठमाडौंका ह्याम्स लगायतका केही अस्पताल र निजी ल्यावहरुले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएको छ।  काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पिसिआरको नक्कली रिपोर्ट दिने गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले  कोभिड १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही […]

निःशुल्क खाना खुवाउने ठाउँ फेरियो, खुलामञ्चको विकल्पमा प्रसूतिगृह नजिकको वागमती किनार

मंसिर ३, काठमाडौं।  खुलामञ्चमा वितरण हुँदै आएको निःशुल्क भोजन थापाथली (परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल) नजिकै वागमती किनारामा गराइने भएको छ। काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु बीचको सहमति अनुसार थापाथलीबाट खाना वितरण गर्न लागिएको हो। खुल्ला मञ्चमा स्वास्थ्यका दृष्टिकोणले पनि असुरक्षित भएको भन्दै वैकल्पिक व्यवस्था गरिएको उक्त  स्थानमा ढल गन्हाउने छ। पानी,शौचालयको […]