२१ कात्तिक । रक्तअल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गरेको रगतले ज्यान बचेको छ। विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उनी उपचारका लागि उक्त अस्पतालमा बिहीबार आएकी थिइन्। समयमै रगत नपाएको भए उनको ज्यानसम्म जाने सक्ने अवस्था रहेको चिकित्सकले […]
२१ कात्तिक, काठमाडौं । कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका […]
कात्तिक २१, काठमाडौं। कोभिड १९ को संक्रमणको दर तीव्र हुँदै गएपछि यो वर्ष कर दिवस पनि प्रभावित हुने भएको छ। प्रत्येक वर्ष कर सप्ताह मनाउँदै आएको आन्तरिक राजस्व विभागले यो वर्ष सानो आकारमा मात्रै कर दिवस मनाउने तयारी गरेको छ। कोभिड-१९ बाट कर्मचारीहरु नै संक्रमित हुने क्रम बढेपछि मातहतका कार्यालयहरु सञ्चालन गर्न कठिन भएको विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए। […]
२० कात्तिक, काठमाडौं । कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो । सर्वोच्चले १५ असोजमा कोरोना संक्रमण परीक्षण पत्ता लगाउन […]