फाइबर इन्टरनेट चलाउने नौ लाख ६१ हजारभन्दा धेरै, फोरजी प्रयोग गर्ने एनसेलका बढी

२० कात्तिक, काठमाडौं। गत भदौमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या ६९ हजारले बढेको छ। साउनसम्ममा आठ लाख ९२ हजार ४२३ जनाले फाइबर इन्टरनेट प्रयोग गर्ने गरेकोमा भदौमा नौ लाख ६१ हजार ४८१ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।  प्राधिकरणले कात्तिकको एमआईएस प्रतिवेदनमा गत भदौसम्मको तथ्यांक समावेश गरेको छ। जसअनुसार सबैभन्दा बढी फाइबर इन्टरनेट प्रयोगकर्ता वर्ल्डलिंकको रहेको छ। […]

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : कसले माग्यो तपाईंको राजीनामा ?

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ । ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन । स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक […]

अस्ताए नेपालका चाउचाउ ‘पायोनियर’

कात्तिक १८ , काठमाडौं । नेपालमा एकताका चाउचाउ भनेकै ‘रारा’ थियो । नेपाली बजारमा ‘रारा चाउचाउ’को युग थियो । कालान्तरमा अन्य अनेक ब्राण्डका चाउचाउ आए, बजारमा स्थापित भए । यद्यपि, राराको ‘स्पेस’ अद्यापी कायम छ । दक्षिण एशियामै चाउचाउ नौलो कुरा रहेको बेला नेपालमा यो तयारी खाजा भित्र्याउने पायोनियर सूर्यबहादुर केसी थिए, जो मंगलबार दिबंगत […]

३ दिनपछि सूचक हरियो, ८३ कम्पनीका लगानीकर्ताले कमाए, बैंकबाट लघुवित्त हुँदै बीमामा सर्यो झुकाव

कात्तिक १८, काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य वृद्धि भएपछि सूचकमा हरियो रंग देखिएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा उक्लिएको हो । मंगलवार प्रि-ओपन सेसनमा मै घटेको सेयर बजार नियमित कारोबार सुरु भएको ४५ मिनेटमा बढेर १६४४.६२ विन्दुसम्म पुगेको थियो । तर त्यसपछि पुनः ओरालो […]