प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरू भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ। नवरात्रको पहिलो दिन आज बिहानै […]
असोज ३०, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् । उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै […]
काठमाडौं। मन्त्रीमण्डल पुनर्गठनसँगै सरकारले १० सचिवको जिम्मेवार हेरफेर गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले जिम्मेवारी हेरफेर गरेको एक मन्त्रीले जानकारी दिए। तर, नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेका मन्त्रालयमा एकमात्र सचिव हेरफेर गरिएको छ। अन्य मन्त्रालयमा चलाइएको छैन। नयाँ मन्त्रीले जिम्मेवारी सम्हालेको शहरी विकास मन्त्रालयमा रमेशप्रसाद सिंहलाई सचिवको जिम्मेवारी दिइएको छ। सिंहले यसअघि पनि उक्त मन्त्रालयमा काम […]
असोज २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण […]