भोलीको नेपाल बन्द सफल पार्न नेकपा काठमाण्डौ महानगरद्धारा मशाल जुलुश

काठमाण्डाै – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा काठमाण्डाै महानगर समितिद्दारा काठमाण्डाैमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिका सयाैँ नेता कार्यकर्ताहरूकाे साथमा सिगलबाट निस्किएको जुलुसले ठमेल हुँदै क्षेत्रपाटी अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा […]

आज दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाण्डौ – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो […]

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध नेकपा विप्लवद्धारा भोली नेपाल बन्द

काठमाण्डौ –  नेपाल कम्युनिस्ट पार्टीले सरकारले पेट्रोलियमलगायत सम्पूर्ण क्षेत्रमा गरेको मूल्यवृद्धिको प्रतिवाद गर्न र यही कात्तिक ३० गते आह्वान गरिएको नेपाल बन्द भव्य रूपले सफल पार्न आमजनसमुदायलाई अपिल गरेको छ । ‘पेट्रोलियम र सम्पूर्ण क्षेत्रमा भएको मूल्यवृद्धिको प्रतिवाद गरौँ ! यही कात्तिक ३० गतेको नेपाल बन्द भव्य रूपले सफल पाराैँ !!’ शीर्षकमा पर्चा जारी गर्दै […]

अफगानिस्तान–पाकिस्तान बन्द नाका फेरि खुल्याे

एजेन्सी –पाकिस्तान र अफगानिस्तानको सिमा नाका पूनः सञ्चालन हुन थालेको छ । झण्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी प्रक्रिया […]