प्रेमीको शव जलिरहँदा प्रेमिकाको शव बग्दै आएपछि

पर्वत, १८ भाद्र । भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे लक्का जवानको शवमा आगो दन्किरहेको थियो । शव जलिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको शव अल्झिएको छ । शव अल्झिएको सूचना पाएपछि प्रहरीलाई खबर […]

कोरोना कहरले नछोएको भेडीगोठको दैनिकी

काठमाडौं– अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बसेका छन् ।  धवलागिरि आधार शिविर नजिकै पर्ने रुवाचौरको यही आकर्षक फाँटमा छ छन्त्यालको भेडीगोठ […]

नेमारलाई कोरोना भाइरस संक्रमण पुष्टि

एजेन्सी – पेरिस सेन्ट जर्मेनका फुटबलर नेमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ वर्षीय ब्राजिलियन फुटबलरलाई कोरोना संक्रमण पुष्टि भएको हो । पेरिस सेन्ट जर्मेन हालै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा वार्यन म्युनिकसँग पराजित भएको थियो । क्लबले यस अघि तीन जना खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि भएसँगै […]

नेकपामा परिवारवाद : बाबु प्रदेश प्रमुख, छोरा रजिष्ट्रार !

१७ भदौ, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएका छन् । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित बुबा विष्णुप्रसाद प्रसाईलाई वागमती प्रदेश प्रमुखमा नियुक्त गरेको सरकारले उनका छोरा राजेशलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टारमा नियुक्त गरेको छ । विष्णुप्रसाद तत्कालीन एमालेका पुराना नेता […]