काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१२० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४१ हजार ६४९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप […]
अछाम : अछाममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको बुधबार दिउँसो १२ बजे तिर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए […]
१९ दिनपछि फेरि कोरोना संक्रमण दोहोरिएका अख्तियार प्रमुख नवीन घिमिरे कार्यकाल सकिएर भदौ २८ गतेदेखि बिदा हुन लागेसङ्गै पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटामाथि लागेको कमिशन मोलमोलाईको आरोपमा आयोगले सफाई दिन लागेको बजार हल्ला व्याप्त छ । स्रोतका अनुसार यस प्रकरणको अनुसन्धान प्रक्रिया नै सकिएको छैन । आफूले सेक्युरिटी प्रेसको ठेक्का नपाउने पक्का भएको महिनौंपछि कमिशनको […]
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाइने भएको छ । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञालाई खुकुलो बनाउनेबारे छलफल भएको छ । तर, बुधबार राति सकिने निषेधाज्ञालाई फेरि एकसाता निरन्तरता दिने तयारी गरिएको छ । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर […]