काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताएका छन् । हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत् उत्पादन क्षमता आगामी तीन वर्षभित्र ६ हजार मेगावाट पुग्ने उनको भनाइ छ । उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर १० खर्ब रुपैयाँ लगानी जोखिममा पर्ने […]
‘लात्तीले हानेको बिरालो भान्सामा’ भन्ने नेपाली उखान हालै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्न लागिएका डा.उपेन्द्र कोइरालाको अग्रगामी फड्कोसँग मेल खान पुगेको छ । १८ वर्षअगाडि नै अख्तियारले कोइरालालाई रकम हिनामिनामा कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा चिफ भएकै बेला घोटालाको आरोप लाग्दा सूर्यनाथ उपाध्याय अख्तियारको प्रमुख आयुक्त थिए […]
महामारीको बेलामा पनि स्वास्थ्य मन्त्रालय अन्र्तगत अनियमितता रोकिएको छैन । स्वास्थ्यका हरेक ठेक्का सेटिङमा चलिरहेका छन् । अहिले असामान्य अवस्था भएकाले छोटो प्रक्रियामार्फत खरिद हुने गरेको छ । जसमा कर्मचारी र मेडिकल व्यवसायीबीच पहिले नै सेटिङ हुने गरेको छ । निश्चित कम्पनीको सामान मिल्ने गरी ‘स्पेशिफिकेसन’ बनाएर अनियमितता भइरहेको छ । हालै स्वास्थ्य सेवा विभागले […]
काठमाण्डु – ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । ’ अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले भन्नुभयो, “यसपालि नयाँ नोटको कुरा छाडौँ, सकुशल बस्न पाए हुन्थ्यो । ” मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैङ्कले ‘सकेसम्म डिजिटल […]