कक्षा ११ को भर्ना र कोटा बुक गराउने कार्य बन्द नगरे कार्वाही गरिने अखिल क्रान्तिकारीकाे चेतावनी

काठमाडौँ  : अखिल क्रान्तिकारीले एसईई नतिजा सार्वजनिक भएसँगै केही निजी विद्यालयहरुले कोटा बुक गराउने नाममा असुली गरिरहेको भन्दै तत्काल रोक्न माग गरेको छ । कोरोना भाइरस महामारीको संकटमा पनि कतिपय शैक्षिक संस्थाहरुले अभिभावकसँग रकम असुली गरिरहेको बताउदै क्रान्तिकारीले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शनिबार एक विज्ञप्ति जारी […]

जनकलाकार राकेशले ल्याए रामारोशन बाढी पहिरो घटनामा आधारित “शोकमा डुब्यो रामारोशन” गित

काठमाडौं । जनगायक डम्बर रोकाया राकेशको स्वरमा ‘शोकमा डुब्यो रामारोशन’ गीत सार्वजनिक भएको छ । सो गीत टेकराज अछामी युट्युब मार्फत सार्वजनिक गरिएको हो । डम्बर रोकायाको शब्द संगित रहेको सो गीतमा एरेन्ज मनिष विक्रम पाण्डेको रहेको छ । गीतको म्युजिक भिडियोमा अनुप श्रेष्ठ र हरिश भण्डारीले अभिनय गरेका छन, भने सम्पादन तथा निर्देशन महेश […]

सिडिओको पहलमा निःशुल्क कोरोना जाँच व्यवस्था

नेपालगन्ज । कोरोना परिक्षणमा महँगो मुल्य तिर्नुपर्ने अवस्था देखिएका बेला बाँकेमा भने आम नागरिकको स्वास्थ्य परिक्षण निशुल्क हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको पहल र सक्रियताका कारण यहाँका स्थानीय तहसँगगको सहकार्यमा उक्त काम हुन थालेको हो । कोरोना संक्रमणको शंका लागेमा त्यसको पिसिआर परिक्षण निशुल्क हुने गरि स्थानिय सरकारको सहकार्यमा जिल्ला […]

स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा दुई जनाको मृत्यु

स्याङ्जा — एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट–१० का २५ वर्षीय श्याम पंगेनी रहेको […]