काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साकी १ महिला र २ पुरुषको मृत्यु भएको छ । कोरोनालाई पराजित गर्नेको सङ्ख्या भने १७ हजार ९ […]
आज साँझ पाँच बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे निर्णय लिइने तयारी भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको छ। लगत्तै मंगलबार र बुधबार दुई दिन सीसीएमसीको बैठक बसेको छ। बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी थिए। सीसीएमसीले भने देशब्यापी बन्दाबन्दी […]
सारांशमा : पाँच टन कच्चा पदार्थ चीनको छेन्दु पठाएर परीक्षण गरिएको थियो। चीनको प्रयोगशालाले पठायो परीक्षण सफल भएको भिडिओ रिपोर्ट। आर्थिक सम्भाव्यता अध्ययनपछि व्यवसायीक उत्पादन शुरू हुने। काठमाडौं। नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ। खानी तथा भूगर्भ विभागले पाँच टन कच्चा पदार्थ चीनमा पठाएर […]
काठमाडौं – स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्ने ५१० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहान ९ बजेसम्म ५ सय १० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुमध्ये ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् । प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा […]