बुवाकै आदर्श र मार्गनिर्देशमा

कविता –लक्ष्मण चौलागाई आज बुवाको मुख हेर्ने दिन पल पल सम्झन्छु बुवा हजुरलाई कुशे औंसीका दिन मात्रै हैन घरिघरी हर क्षणहरुमा हिड्छु म मेरा पाइला अघि बढाई बुवाकै आदर्श र मार्ग निर्देशमा दुख, कष्ट, पीडा सबै दुर हुन्छन् बुवाको साथ सम्झँदा आधा आकाश ढाक्ने बुवा नै हो यो संसार देखाउने एउटा आँखा आमा नै हुन […]

कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

कविता – रविन्द्रबहादुर सिंह साना तेजिला केही धर्सेका आँखाहरू लामालामा रौँ झरेका आखिभौँहरू ठ्याक्कै मसँग मिल्ने तपाईंको अनुहार अथवा हजुरसँग हुबहु, मिल्ने मेरो अनुहार मेरो प्यारो बुबा, ऐना हेरेजस्तो लाग्छ हजुरको तश्विर हेर्दा । संसार नाप्ने तपाईंका खिनौटे पैतालाहरू प्रथम विश्वयुद्धको गर्जन सुन्ने कान क्षतविक्षत लासहरू देख्ने आँखा अनि आफैँलाई घाइते बनाएर युद्धबाट भाग्ने कायर […]

जिन्दगी दुखि रह्यो

गजल – नमिता दवाडी जिन्दगी दुखि रह्यो, पटक-पटक घाउमा पाएँ । धड्कन नै एकनास , मुटु दुखाउने दाउमा पाएँ । खुशीको मारे पटक-पटक टल्काउन मन लाग्यो, जब स्वयंलाई भाग्यबस हजुरको पाउमा पाएँ । हजुर जाँदा केहि त छोड्नु भएको रहेछ, धन्य छु, अनिदो रातमा तिनै यादहरु काम चलाउमा पाएँ । मनमा ठेस लागेर ढलेँ, बिस्वासको […]

गाउँ

– रविन्द्रबहादुर सिंह अनकन्टार गाउँ हुँ म बत्ती-बाटो छैन घातै घात छन् छातीभित्र भन्न पा’को छैन झारौं आँसु कति झारौं रोई सकिँदैन नाङ्गो छु म, एकदम नाङ्गो ठिही छेकिँदैन झुपडी छन् माया लाग्दा हेर्दा वरपर बाँचेको छु दुःखी जीवन रुँदै धरधर शिक्षा छैन आँखा खोल्ने, अज्ञान अन्धकार छ अन्याय छ, अत्याचार छ, त्यस्तै व्यभिचार छ […]