बाग्लुङ – स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे । यसपालिको तीज पर्व खल्लो र निरस छ । […]
काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ७ […]
बुधबार अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी दैलेखका छुट्टाछुट्टै ठाउँमा ३ जनाको मृत्यु भएको छ। जिल्लाको ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले टिकाराम कठायतको घर पुर्दा उनका १२ वर्षीय छोरा जनक कठायतको मृत्यु भएको छ। सोही पहिरोमा परी टिकारामका उनका काकाका छोरा ११ वर्षीय लोकेश कठायत बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। […]
भदौ ३, २०७७ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ। अछाम क्षेत्र नम्बर २ का सांसद बोगटीलाई मंगलबार कोरोना पोजेटिभ देखिएको हो। साउन ३० गते आफ्नै पिएसओसँग कोरोना परीक्षणका लागि स्वाब दिएका बोगटीको सुरुमा रिपोर्ट नेगेटिभ आएको थियो। मंगलबार प्राप्त दोस्रो रिपोर्टमा भने पोजिटिभ […]