भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु […]
काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी रहेका उनको १०१ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रकवि घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), […]
नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज […]
ऐन संशोधन गरेर प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो । बैठकले ऐन संशोधन गरेर भण्डारीलाई फास्ट ट्र्याकबाट काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाए नियुक्त गरेको भन्दै अदालतमा रिट दायर भएको हो । काउन्सिलमा कार्यवहाक अध्यक्ष […]