यसईईको नतिजा हेर्ने तरिका

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन भइसकेको र वेबसाइटमा राख्ने तयारी भइरहेकाेलाई जानकारी दिए। गत वर्ष कोरोना भाइरस संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेर नतिजा प्रकाशन गरेको बोर्डले जनाएको छ।  […]

वर्कशपहरु १५ दिन सम्म बन्द रहने

काठमाडौ । सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गरिने भएको छ। पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा वर्कशपहरु पनि असुरक्षित भएको भन्दै नेपाल अटोमेकानिक्स व्यवसायी संघले भदौ १५ गतेसम्म वर्कसप बन्द गर्ने निर्णय गरेको हो ।अत्यावश्यक सेवाका सवारी साधन मर्मत गर्नुपरेमा वर्कसपमा मास्क, पञ्जाको प्रयोग गर्ने, साबुन पानीले हात धुने वा […]

नेकपा विवाद : अब कार्यदलको भर, अहिलेलाई ओलीको संकट टर्‍यो

काठमाडौँ : ‘भोलिबाटै एक, दुई भन्दै काउन्टडाउन सुरु गर्नुस्, ५ दिनभित्र के हुन्छ नेकपाभित्रको सिनारियो देखिन्छ’ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘पाँच दिनमा फेरि मसँग बस्न आउनुस्, त्यसपछि अहिले भनिएका कुराको फेरि उत्तर दिउँला।’   प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद ५ दिनमा टुंगिने डेडलाइन तोकेका थिए। त्यो डेडलाइन आज सकिएको छ। […]

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको देहीमान्डौं -गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमान्डौका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको हो ।  खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजेतिर खाल्डोमा डुबेर दुवैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]