लेबनानको बेरुतमा भयानक विष्फोट, ७० जनाको मृत्यु

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए […]

राष्ट्रिय सभाका समिति सभापतिमा नेकपाले पुरानालाई दोहोर्‍याउने, कांग्रेस अनिर्णित

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा पुरानालाई नै निरन्तरता दिने भएको छ । राष्ट्रिय सभाका चार विषयगत समितिभध्ये तीन समिति सभापतिमा आफ्नो पक्षका सांसद र एउटा समितिको सभापति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने पनि नेकपाभित्र सहमति बनेको हो ।  राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिननाथ शर्माले पार्टीभित्र यसअघिका सभापतिहरूलाई नै दोहोर्‍याउने समझदारी भएको बताए । ‘समिति […]

पुनः लकडाउन गर्न सरकारलाई विज्ञको सुझाव

काठमाण्डु – विज्ञहरुले सरकारलाई फेरी लकडाउन गर्न सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमण भयावह हुने चेतावनी दिँदै पुनः लकडाउन गर्न सुझाव दिएका हुन् । उनीहरुले लकडाउन गरेर कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । विज्ञहरुले अहिलेको अवस्था कायम रहे कोरोना भाइरस भयावह हुने […]

नेताले बैठक बोलाउन दबाब दिएपछि प्रधानमन्त्रीको जवाफ: अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोरोना भाइरसको महामारीका बेला केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको भन्दै असन्तुष्टी जनाएका छन् । नेकपाका नेताहरुले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन दबाब दिँदै आइरहेका छन् । मंगलबार बालुवाटारमा विज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकारको नियमको उल्लंघन गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको बताए । ‘गैरजिम्मेवार […]