पेन्सनरलाई बृद्ध भत्ता कति आवश्यक ?

१९ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले १७ असारमा विदेशी सरकारबाट नियमितरुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता बन्द गर्ने निर्णय गरे । योसँगै निवृत्तिभरण पाउनेहरूलाई बृद्ध भत्ता आवश्यक छ कि छैन भन्ने बहस सुरु भएको छ । पूर्वगोर्खा सैनिकहरूले मन्त्रालयको निर्णय खारेजीको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । […]

एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन

१९ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले एसिडसम्बन्धी छुट्टै विशेष कानुन ल्याउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले विद्यमान कानुनी व्यवस्थाले एसिड उत्पादन, प्रयोग, बिक्री वितरणलाई व्यवस्थित गर्न नसक्ने निष्कर्ष निकाल्दै छुट्टै कानुन ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । ‘एसिड आक्रमण सम्बद्ध कानुन जुन अपराध संहितामा […]

मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

१९ साउन, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरु २२ देखि ५२ वर्ष  उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि […]

आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा

१९ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ । फाइनल खेल नोभेम्बर १० मा हुने […]