एजेन्सी – कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको जनाएको छ । बिबिसीकाअनुसार ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ । बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको […]
रोशन भट्ट धनगढी: कञ्चनपुरमा गत आर्थिक वर्षको विकास निर्माणका योजना कार्यान्वयन गर्दा उपभोक्ता समितिले मनपरी गरेको आरोप लागेको छ। जिल्लाको कृष्णपुर नगरपालिकाका अधिकांश वडाहरुमा आर्थिक वर्षको अन्त्यमा फर्जी उपभोक्ता समिति गठनगरी मनपरी काम गरेर भुक्तानी लिएको स्थानीयको आरोप छ। उपभोत्ता समिति, कर्मचारी तथा स्थानीय जनप्रतिनिधीको मिलोमतोमा विकास निर्माणका योजनाहरुमा झारोटार्ने काम भएको स्थानीयले बताएका छन्। सडक […]
धनगढी, आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती महाकाली बन्दको आह्वान गरेको छ। रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै ब्यूरोले सार्वजनिक गरेको संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान […]
चितवन राष्ट्रिय निकुञ्जले सुकुमबासीहरूको उठीबास लगाएपछि उनीहरूको यथाशीघ्र व्यस्थापन गर्न अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ नेपालले माग गरेको छ । यही साउन ४ गते चितवनको माडी नगरपालिका कुसुम खोलामा रहेको सुकुमबासी बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर सबै घर भत्काइदिएको भन्दै अखिल नेपाल सुकुमबासी सङ्घले उक्त कार्यको विरोध गर्दै उनीहरूको यथाशीघ्र व्यस्थापन […]