५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउने समितिलाई निर्देशन दिएको हो । प्रशासनले सोमबार […]
५ साउन, काठमाडौं । पछिल्लो समय साना कारोबारमा विद्युतीय भुक्तानी बढ्दै गएको छ । मोबाइल र टेलिभिजन रिचार्ज गर्न, पानी/बिजुलीको बिल तिर्न, हवाई टिकट काट्न र अन्य विद्युतीय कारोबारमा रकम भुक्तानी गर्न सेवा सञ्चालक तथा सेवा प्रदायकका विद्युतीय पर्स (ई–वालेट) एपको प्रयोग बढ्दो छ । यही बेला नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत विद्युतीय कारोबारको भुक्तानी […]
५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका […]
५ साउन, गुल्मी । गुल्मीमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल ११ जना मात्रै आइसोलेसनमा उपचार गराइरहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ५० सम्म पुगेको थियो । धेरैजसो संक्रमित कोरोनामुक्त भएर घर फर्केको र हाल ११ जना मात्रै आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए […]