मेलम्चीको मुहानमा पानी छाड्ने क्रममा गेट फुस्कियो, निरीक्षण गर्न पुगेका दुई कर्मचारी बेपत्ता

काठमाडौं। मेलम्ची खानेपानीको मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना बेपत्ता भएका छन्। निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए। बगाएकामध्ये दुई जनाको उद्धार गरी मेलम्ची अस्पताल ल्याएको उनले बताए। थप दुई जनाको खोजीकार्य जारी रहेको छ।   पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। […]

प्युठानमा सलह, टिन र थाल ठटाएर भगाइँदै

३० असार, प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन […]

सप्तरीको तिलाठी डुबानमा

३० असार, सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले […]

प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकार सञ्चालन गरे नेकपाको जनमत समाप्त हुन्छः झलनाथ खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार पाँच वर्षसम्म सञ्चालन भएमा नेकपाको जनमत समाप्त हुने चेतावनी दिएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकार अहिलेको आवश्यकता नभएको बताएका छन् । ‘पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा […]