२७ जेठ, काठमाडौं । कोरोनाको महाव्याधीले उत्पन्न गरेको संकटका बीच देशका ७ प्रदेश आगामी वर्षको बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । संघीय सरकारले जेठ १५ मा बजेट ल्याइसकेको छ भने प्रदेश सरकारहरुले असार १० गतेसम्ममा ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । स्रोतको समस्याले गर्दा संघीय सरकारले यसपाली बजेटका आकार घटाएको थियो । प्रदेश सरकारहरु […]
राजधानी भित्र शेयर लगानीकर्ताको हक हित संरक्षण गर्न धेरै संघ, संस्था र फोरम खुलेपनि मोफसलमा भने शेयर लगानीकर्ताको संघ,फोरम खुलेका थिएन । प्रदेश ५ को हब बुटवलका केही स्थानीय लगानीकर्ता मिलेर प्रदेश ५ शेयर लगानीकर्ता फोरम संचालनमा ल्याएसँगै काठमान्डौ बाहिर पहिलो फोरम दर्ता भएको थियो । प्रदेश ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीसँग फोरम र समसामयिक विषयमा इन्स्योरेन्स […]
२९ जेठ, काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि […]
काठमाडौँ — नेपालमा पाइने अल्लोमा औषधीय,कस्मेटिक र खाना योग्य गुणहरु प्रशस्त मात्रामा पाइएको एक अनुसन्धानले देखाएको छ । अल्लोमा फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोल जस्ता तत्वहरु पाइएको हो । त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो । […]