काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनाराण बिडारीले प्रदेश सरकार निष्क्रिय भएको बताएका छन् । आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बिडारीले कोरोना रोकथामका लागि प्रदेश सकारले कुनै काम नगरेको बताएका छन् । सांसद बिडारीले प्रदेश सरकार काम नगर्ने तर, गाडी किन्न तम्सिने गरेकाले बाँदरको पुच्छर जस्तो काम नलाग्ने भएको बताएका छन् । […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता आएका छन् । मन्त्रालयको प्रवक्ताको जिम्मेवारी परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका प्रा. डा. जागेश्वर गौतमलाई दिइएको हो । हाल प्रवक्ता रहेका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । काठमाडाै पाटी बाट
काठमाडौं – आइतबार नेपालमा २१३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशका विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएको बताएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ सय पुरुष र […]
पश्चिम रूकुम घटनाले देश तातेको छ । विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मी जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी पनि चलिरहेको छ । तर, छटपटाइरहेका घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन । जाजरकोट — सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला […]