कोरोना भाइरस ‘विश्वव्यापी महामारी’: डब्लूएचओ

२९ फागुन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो । संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको […]

अन्तर्राष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार उपभोक्तालाई परेको हो। अन्तर्राष्ट्रिय बजारमा सन् २०१९ को डिसेम्बर ३० मा प्रतिब्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको […]

बाँकेको सियाराम चप्पल उद्योगमा आगलागी, १० करोडको क्षति अनुमान, एक कामदार घाइते

नेपालगञ्ज। बाँकेको एउटा चप्पल कारखानामा आगलागी हुँदा लाखौंको क्षति भएको छ। घटनामा एक जना कामदार डढेर गम्भीर घाइते भएका छन्।      जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित जयश्री सियाराम कारखानामा मंगलबार राति करिब १२ बजेबाट शुरु भएको आगलागी नियन्त्रणमा लिन आठ घण्टा लागेको छ। त्यहाँ कार्यरत दिलीपकुमार चमार जलेर गम्भीर घाइते भएका छन्। उनको भेरी अस्पतालमा उपचार […]

विष्फोटमा संलग्न रहेको आशंकामा एक जना पक्राउ

२८ फागुन, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले केहीवेरअघि जडिबुटीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । गुरुङ मेडिकल […]