काठमाडौं – हिजोमात्रै पदबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सूचना, प्रविधि तथा सञ्चार मन्त्री नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई मन्त्री नियुक्त गरेकी हुन्। खतिवडाको शपथ कार्यक्रम दिउँसो चार बजे शीतल निवासमा राखिएको स्रोतले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा […]
प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला […]
जबरजस्ती करणी मुद्दा लागेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी जिल्ला अदातल सुनसरीमा उपस्थित भएका छन्। मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरी पुगेका थिए। ‘अदालत आउनासाथ हामीले उहाँलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएका छौं’,जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले सेतोपाटीसँग भने। कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि […]
काठमाडौं– चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना (कोभिङ–१९) भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार यसको संक्रमण ६४ भन्दा बढी मुलुकमा फैलिसकेको छ भने करिब ३ हजारले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या ९० हजार हाराहारीमा पुगेको छ। नेपालमा पनि एक जना कोरोना पोजेटिभ भेटिए पनि उपचारपछि घर फर्किसकेका छन्। तीन जना शंकास्पदको परीक्षण भैरहेको छ। विश्व […]