१९ फागुन, काठमाडौं । नेपालले विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द […]
१७ फागुन, काठमाडौं । सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए । मलेसियाविरुद्ध […]
तपाईंले दरबारमार्ग, जमल, केशरमहल, माइतीघर, थापाथली वा स्वयम्भूतिर बाँसको चोयाले बेरिएका खम्बा याद गर्नुभएको छ? विभिन्न विज्ञापनका कागज टाँसिएर फोहोरी भएका बिजुलीका खम्बालाई चिटिक्क पारेको देख्नुभएको छ? छ भने, तपाईंको मनमा पक्कै प्रश्न उठेको होला– यो के गरेको? किन गरेको? कसले गरेको? यसको श्रेय जान्छ ‘भिजुअल आर्टिस्ट’ कैलाश श्रेष्ठलाई। उनको टोलीले काठमाडौंमा चालीसभन्दा बढी खम्बा […]
१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई गाली […]