प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]

गृहले भन्यो- वैधानिक हतियार बुझाऊ, चुनावपछि फिर्ता लैजाऊ

८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ । यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । […]

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

काठमाडौं – मैथिली कला संस्कृति, भाषा र साहित्यलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको नाट्य तथा लोककला महोत्सव सुरु भएको छ। बुधबारदेखि जनकपुरधाममा सुरु भएको अन्तर्राष्ट्रिय नाट्य तथा लोककला महोत्सवमा रंगमञ्चमा सक्रिय कलाकारहरुले तयार गरेको नाटक तथा कलाहरु प्रदर्शन भइरहेका छन्। ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित सुरु भएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवको आयोजना विजयलक्ष्मी मिडिया फाउन्डेसन र […]

अष्ट्रेलिया नचाउँदै ‘नेपथ्य’

ब्रिसबेन – गत शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहको नृत्यसहित गुन्जयमान बनेको गीत ‘रातो र चन्द्रसूर्जे’ हालै अष्ट्रेलियामा गुन्जिएको छ। मंगलबारदेखि अष्ट्रेलियाको ब्रिसबेनस्थित फोर्टिच्युड म्युजिक हलबाट सुरु भएको लोक पप ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक प्रस्तुतिको क्रममा ‘रातो र चन्द्रसूर्जे’ गीत गुन्जिँदा उपस्थित दुई हजारभन्दा बढी दर्शकहरु उत्साहित भएका थिए। […]