गढीमाईका दर्शनार्थी बोकेको पिकअप दुर्घटना

जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् ।  मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए […]

सूर्यविनायक-धुलिखेल सडक विस्तारबाट जाइकाले हात झिक्यो सडक विभागका अधिकारी भन्छन् – जाइकासँग फेरि अनुरोध गरौं

१३ मंसिर, काठमाडौं । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तारको परियोजनाबाट हात झिकेको छ । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले १६ किलोमिटर सडक विस्तारको योजनाबाट पन्छिएको हो । वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा हालै नागढुंगामा सुरुङमार्गको निर्माण सुरु भएको छ । तर, त्यो भन्दा अघिदेखि […]

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

१२ मंसिर, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ । सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ […]

लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। आइतबार पोखरामा आयोजित लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए। गत मंसिर ६ देखि ८ सम्म आयोजना भएको सातौं महाधिवेशनपछि सुरु भएको मतदानमा उनले ५८४ मत पाउँदा प्रतिस्पर्धी खत्रीले ५४५ […]