काठमाडाै – पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) केन्द्रिय समितिले आज काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रज्वल शाही लगायत शहिदहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उल्लेख्य विधार्थि नेताहरुले रक्तदान गरेका थिए । कोरोना महामारीका कारण देश भरिका अस्पतालहरुमा रगतको चरम अभाव भइरहेकोले […]
काठमाडाै – मध्यरातमा संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेको वर्तमान सरकारलाई बजेट ल्याउन संवैधानिक अड्चन हुने देखिएको छ । नेपालको संविधानले अध्यादेशबाट बजेटको परिकल्पना नै नगरेकाले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न संवैधानिक जटिलता हुने देखिएको हो । संविधानको धारा ११९ को उपधारा १, २ र ३ बजेटको व्यवस्था […]
डाेटी – डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]