गर्भपतन

मङ्सिर ३ ,  काठ्माण्ठौ नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । नेपालको प्रचलित कानूनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानून विपरीत भनेको छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी देखिएको छ । सरकारले २०६० सालमा सुरक्षित गर्भपतन सेवा गरेपछि देशका विभिन्न स्वास्थ्य […]

युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, ३ मङ्सिर (रासस) : एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड जस्टिस र काठमाडौँस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित उक्त शैक्षिक सत्र गत जनवरीमा काठमाडौँमा शुरु भएर आज जनकपुरमा सम्पन्न भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको […]

राष्ट्रिय परिचयपत्र वितरण

मङ्सिर ३, काठ्माण्डौ राष्ट्रिय परिचय खल्नेगरि संघिय सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । गृह मन्त्रालय मातहतकाृ राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभाग अन्तर्गत पांचथरबाट परिचयपत्र वितरण सुरु गरिएको हो । नेपालीहरुको अर्को पहिचान खुल्ने नेपालि आईडि कार्डले जनताहरुलाई  निकै नै खुसि बनाएको छ ।

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौँ, ३ मङ्सिर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ ।आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ।