बैतडी, २४ कात्तिक (रासस) ः नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक शुरु भएको हो । कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र […]
धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा म्याग्दीको जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दाले आफँै घर भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालीजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेको स्थानीयवासी रामकृष्ण आचार्यले बताउनुभयो […]
एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाएको छ । “गुरुयोजना बनाई काम अगाडि बढाउन रु एक करोड बजेट परिचालन गर्र्ने योजना छ,” नगरपालिकाका प्रमुख पोतिला चौधरीले भन्नुभयो । संरक्षणको अभावमा ५० […]
बाँकेको नेपालगञ्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रूपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । शहरमा बालश्रमिकको अवस्था यथावत हुँदापनि यस जिल्लालाई बालश्रमिक मुक्त जिल्ला बनाइएको छ । झण्डै दश वर्षअघि (सन् २००७ नोभेम्वर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिक मुक्त जिल्ला’ घोषणा गदा […]