काठमाडौं – नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादीले सहयोग गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारी अनुसार दुई दलले तयारी तीव्र पारेका हुन्। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन केही दिनदेखि प्रयास […]
काठमाडाै – बजारमा फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधाराणको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्ने आईपीओको लागि रेटिङ समेत सम्पन्न भएको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ […]
काठमाडौं – ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए। । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।
काठमाडाै – नेकपाले केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा राख्ने भएको छ । कपिलवस्तुको शिवगढीमा नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सम्पर्क कार्यालय भवन स्थापना गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टी सम्पर्क कार्यालयको शिलन्यास गरेका छन् । सयौं स्थानीय जनताको उपस्थितिमा महासचिव विप्लवले सो भवन शिलन्यासको उदघाटन गरेका […]