धनगढीमा गरियो साइकल राइड

धनगढी – विश्व साइकल सम्मेलनको अवसरमा धनगढीमा साइकल राइड गरिएको छ । सोमबार धनगढी बाट अत्तरिया हुँदै गोदावरी धाम सम्म साइकल राइड गरिएको थियो । असोज ३ गते बाट काठमाडौँमा विश्व साइकल सम्मेलन सुरु भइरहेको छ । मंगलबार सम्मेलनको अन्तिम दिन हो । सम्मेलन समापनको पूर्व सन्ध्या पारेर साइकल ¥याली गरिएको साइकल राइडर भरत विक्रम […]

मान्छे ले रक्सी मासुको बदनाम गरिदियो

अन्जु भण्डारी मान्छे ले रक्सी मासुको बदनाम गरिदियो । केही पाएन हत्याहिंसाको काम गरिदियो ।। आफ्नो प्रमुख आयश्रोत मानेर बाबुले यहाँ । होटलमा सधै छोरीको रातको दाम गरिदियो ।। कमाउन गएको छोरो बाकसमा आएपछि । परिवारको मुटुको धड्कन नै जाम गरिदियो ।। गरीब किसान भनी चिनिएको मान्छेले पनि । आफ्ना सन्तानको बिवाहा धुमधाम गरिदियो ।।

डा. केसी आइसियुमा भर्ना

काठमाडौ – शारीरिक स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थलबाट अस्पताल पुर्‍याइएका डाक्टर गोविन्द केसीले कुनै पनि स्वास्थ्य जाँच गर्न मान्नु भएकाे छैन ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डा. केसीले जाँच गर्न नमानेको उपचारमा खटिएका डाक्टरकाे टोलीले निकालेको दैनिक प्रतिवेदनमा उल्लेख छ । उपचारमा खटिनुभएका विशेषज्ञ डाक्टर प्रवीण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर अनुप मंगल […]

ज्वाइँले गरे आफ्नै ससुराको हत्या

काठमाडौ – नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्। ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। खुर्पाको प्रहारबाट […]