बञ्चरो प्रहार गरी बुहारीको हत्या

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।  दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी […]

रातो मछिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा तनाव

१८ भदौ, काठमाडौं । रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । अब केही दिनमा मै मलमास सुरु हुने र त्यस अवधिमा रथयात्रा गर्न […]

राहत लिएर गृहमन्त्री सवार हेलिकप्टर खराब मौसमले पोखरामै ल्याण्ड

काठमाडौं, बागलुङका बाढी पहिरो पीीडतका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्रीसहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गरिएको छ । बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् । गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय […]

ढोरपाटन बाढी अपडेट : ११ को मृत्यु, ३० बढी अझै बेपत्ता

बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यो सँगै बेपत्ता हुनेको संख्या पनि ठूलो संख्या देखिएको छ । जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार ३० जना भन्दा बढी बेपत्ता भएका छन् । बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष […]