आज हरितालिका तीज देश भरका शिवालयहरुमा भक्तजनहरुको भिड

काठमाडौँ, भदौ १६: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपति लगायत देशका विभिन्न मन्दिरमा आज महादेवको पूजा आराधना गरी मनाइँदैछतीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका […]

मिडिया काउन्सिल विधेयकमा कांग्रेसद्धारा २९ बुँदे संशोधन दर्ता

काठमाडौं, १६ भदौ : मिडिया काउन्सिल विधेयकमा नेपाली कांग्रेसले २९ बुँदे संशोधन दर्ता गरेको छ। पत्रकारितालाई नियन्त्रित गर्ने शैलीमा मिडिया काउन्सिल विधेयक ल्याउन खोजेपछि काँग्रेसले प्रस्तावित विधेयकबाट जरिवाना तथा आचारसंहिता उल्लङ्घनमा अन्य कानुन अनुसार हुने कारबाहीको व्यवस्था हटाउन मागसहित संशोधन दर्ता गरेको हो । पत्रकारलाई प्रस्तावित विधेयकमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था भएपछि कांग्रेसले […]

गौ हत्या गर्नेलाई कडा कारबाही गर्न शेखर कोइरालाको माग

काठमाडौं,१६ भदौ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कर्णाली प्रदेशको राजधानी नजिक सुर्खेतको भिरबाट खसाएर गौ हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा २ पटक ट्विट गर्दै भनेका छन्, ‘‘ संविधानले गाई राष्ट्रिय जनावर भनेको छ। गाईसँग हिन्दुहरुको अत्यन्तै ठूलो आस्था र संस्कृति जोडिएको छ। सुर्खेतको भीरबाट खसाएर […]

आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, ‘सोर्ड अफ अनर’ उपाधि खड्कालाई

आइपिएस (इन्डियन पुलिस सर्भिस)  तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन्। भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन। सो तालिममा प्रहरी निरीक्षक खड्कासहित ५ जना सहभागी भएका थिए।  खड्कासहित प्रहरी निरीक्षक बोधराज रेग्मी, […]