लोलाङ हाइटमा आगलागी, दुई दमकलले निभाउँदै

काठमाडाैँ – तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटको एउटा घरमा आइतबार दिउँसो आगलागी भएको छ । सोफा बनाउने कारखानामा वेल्डिङ गर्ने क्रममा अपरान्ह साढे ४ बजेपछि आगलागी भएको वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जानकारी दिए । उनका अनुसार फममा आगलागी भएपछि कामदारहरू भागेका थिए । पाँच तले घरको तेस्रो तल्ला रहेको कारखानामा आगो लागेको हो । सामान सबै […]

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार जना एमाले सांसद पदमुक्त

काठमाडाैँ – नेकपा एमालेले कर्णाली प्रदेशका चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेको छ । माधव नेपला समूहका चार जना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए । आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई प्रदेशसभा […]

उज्यालो नेटवर्क अनलाईनका पत्रकार पक्राउ

काठमाण्डु – प्रहरीले उज्यालो नेटवर्क अनलाईनका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङ पक्राउ परेका हुन् । उनीहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय ’रअ’ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको भन्दै खबर प्रकाशन गरेका थिए । प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमयुरको गणना सुरु

धनगढी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना सुरु गरिएको छ। खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो। निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ। “हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ”, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भने, “निकुञ्ज क्षेत्रभित्र विभिन्न […]